१ कार्तिक २०८३, शनिबार

चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार नाघ्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । जिल्लामा कोरोना संक्रमितको सङ्ख्या एक हजार ५ पुगेको छ ।

आइतबार राति चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनका १९ सहित ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । जिल्लाका १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ हजार ५ जना पुगेको हो ।

चितवन मेडिकल कलेजको नतिजाअनुसार सङ्क्रमित हुने अन्यमा मकवानपुरका ८, तनहुँका २ र नवलपुरका १ जना छन् ।

हालसम्म जिल्लाको भरतपुर महानगपालिकामा मात्र संक्रमितको सङ्ख्या ६५७ जना पुगेको छ । यस्तै जिल्लाका ५ नगरपालिकामध्ये रत्नगरमा १२२, राप्तीमा ९७, खैरहनीमा ५४, माडीमा ५२ र कालिकामा १९ जना पुगेका छन् ।

इच्छाकामना गाउँपालिकामा संक्रमितको सङ्ख्या ४ रहेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार संक्रमितमध्ये १८० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो पटक थपिएका १९ बाहेक जिल्लामा रहेका अन्य सङ्क्रमितमध्ये होम आइसोलेसनमा २५५ र संस्थागत आइसोलेसनमा ५३९ जना रहेका छन् । संक्रमितमध्ये महिला ४०४ र पुरुष ५७८ रहेको कार्यालयले जनाएको छ ।