
काठमाडौं, २२ भदौ । कोरोना भाइरसबाट मृत्यु भएकालाई परिवारबाट अलग राखेर ‘किड्नी, आँखा र लिभर निकाल्ने गरिन्छ’ भन्दै अफवाह फैलाउने प्राकृतिक चिकित्सक सुवास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सुब्बालाई सोमबार बिहान ललितपुरको ढोलाहिटीबाट पक्राउ गरेको हो । लिम्बुले युट्युब च्यानलहरुमा ‘अस्पतालले आफन्तलाई भित्र छिर्न नदिएर संक्रमणबाट मृत्यु भएकाको शरीरको अंग निकालेर बेच्ने गरेको’ दाबी गरेका थिए ।
सुब्बाले कोरोनाविरुद्ध आफूले भ्याक्सिन समेत बनाएको दाबी गरेका छन् । उनले अफवाह फैलाउने अभिव्यक्ति दिएकाले पक्राउ गरिएको प्रहरीको भनाइ छ ।















प्रतिक्रिया