१ कार्तिक २०८३, शनिबार

धनुषामा थप एक जना कोरोना संक्रमितको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २२ भदौ । धनुषामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सिरहाको मिर्चैया नगरपालिका–५ का ६२ वर्षीय पुरुषको आइतबार राती मृत्यु भएको हो । सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार मृतकमा ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको थियो ।

आइतबार दिउँसो प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएका उनको राती नै मृत्यु भएको हो ।

ती पुरुष मधुमेह र निमोनियाबाट ग्रसित भएको बताइएको छ ।