शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

इंग्ल्याण्डले ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृङ्खला जित्याे

दैनिक नेपाल २०७७ भदौ २२ गते ७:१४

Birmingham: England’s Eoin Morgan and Joe Root celebrate after winning the second semi-final match of the 2019 World Cup between against Australia at the Edgbaston Cricket Stadium in Birmingham, England on July 11, 2019. England won by 8 wickets. (Photo: Surjeet Kumar/IANS)

लण्डन, २२ भदाै । अष्ट्रेलियासँगको ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृङ्खला इंग्ल्याण्डले जितेको छ ।

गएराति भएको दोस्रो खेल ६ विकेटले जितेसँगै इंग्ल्याण्डले श्रृङ्खला नै जितेको हो । साउथह्याम्टनमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा सात विकेट बनाएर एक सय ५७ रन बनाएको थियो ।

तीन रन बनाउँदा दुई विकेट गुमाएको अष्ट्रेलियाले निकै खराब सुरुवात गरेको थियो । तर एरोन फिन्चको ४० र मार्कुस स्टोनिसको ३५ रन मद्दतमा उसले एक सय ५७ रनको मध्यम स्कोर बनाएको थियो ।

तर एक सय ५८ रनको लक्ष्य इंल्याण्डले चार विकेट गुमाएर सात बल अघि नै भेटायो । उसका लागि जोस बटलरले नटआउट ७७ रन बनाए । पहिलो खेल इंल्याण्डले दुई रनले जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित