
काठमाडौं, २१ भदौ । पछिल्लो २४ घण्टामा देशभर थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मोरङ र झापाकी दुई जना महिलासहित ९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
मृत्यु हुने पुरुषहरु मोरङ, पर्सा, धनुषा, काठमाडौं र चितवनका छन् ।
२४ घण्टामा १ हजार ८१४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।















प्रतिक्रिया