१ कार्तिक २०८३, शनिबार

काठमाडौंका सीडीओ भन्छन्, उपत्यकाको नाकाहरुमा सेना परिचालन गरौं

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहालले काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाकाहरुमा सेना परिचालन गर्नुपर्ने बताएका छन् ।

नाकामा कडाई नहुँदा उपत्यका भित्रिने र बाहिरिने क्रम नरोकिएकाले कोरोना संक्रमतिको संख्या दिनदिनै बढिरहेको बताउँदै उनले मान्छेलाई घरभित्र थुनेर पनि समस्याको समाधान नहुने उनले बताएका छन् ।

प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा बैठकमा सीडीओ दाहालले उपत्यका प्रवेश गर्ने नाका यत्तिकै ठप्प पार्न नसकिने भएकाले सेना परिचालनको सन्दर्भ उठाएका हुन् ।

हरेक सन्दर्भहरुको व्यवस्थापनका लागि पनि उपत्यका प्रवेश गर्ने नाकामा सेना खटाउनुपर्ने उनको भनाइ छ । हाल सडकमा प्रहरी परिचालन भएपनि उनीहरु कोरोना नियन्त्रणमा मात्रै केन्द्रित हुन नसकेकाले सेनालाई विकल्पका रुपमा प्रयोग गर्नुपर्ने उनको धारणा छ ।

प्रहरीले समाजको हरेक गतिविधिमा ध्यान पुर्याउनु पर्ने भएकाले कोरोना नियन्त्रणमा उनीहरुले चाहेर पनि आफ्नो भूमिका प्रभाकारी बनाउन नसकेको सीडीओ दाहालको भनाइ छ । उनले भने, ‘प्रहरीलाई चौतर्फी जिम्मेवारी छ त्यसैले उहाँहरुको मात्रै भर परेर कोरोना नियन्त्रणमा हामी सफल हुन सक्दैनौं ।’

लामो समयको लकडाउन, तीन सातादेखिको निषेधाज्ञाका कारण काठमाडौंका मानिसलाई भोकको चिन्ताले सताइरहेकाले यस्तो अवस्थालाई धेरै दिन लम्ब्याउन नसकिने समेत उनको भनाइ छ ।