१ कार्तिक २०८३, शनिबार

तीन वटा लघुवित्तले भोलिदेखि एकीकृत कारोबार गर्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । तीन वटा लघुवित्त कम्पनी एक भएर भदौ २२ गते भोलि सोमबारदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।

जीवन विकास लघुवित्त, सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्तले मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार शुरु गर्न लागेका हुन् । एकीकृत कारोबार भने जीवन विकास लघुवित्त वित्तीय संस्थाको नामबाट हुने भएको छ ।

तीन वटै कम्पनीहरुले मर्जरसम्बन्धी प्रस्ताव छुट्टा–छुट्टै विशेष साधारण सभाबाट पारित गरिसकेका छन् । नेपाल राष्ट्र बैंकले साउन २६ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेसँगै ती कम्पनीहरुले एकीकृत कारोबार शुरु गर्न लागेका हुन् ।