१ कार्तिक २०८३, शनिबार

कोरोनाबाट झापाकी ४५ वर्षीया महिलाको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । कोरोना भाइरस संक्रमणबाट झापाकी एक ४५ वर्षीया महिलाको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना विशेष अस्पतालमा उपचाररत झापाको कन्काइ–३ की ती महिलाको आइतबार बिहान मृत्यु भएको हो । उनमा भदौ १८ गते कोरोना पुष्टि भएको थियो ।

उनमा दुई दिनदेखि ज्वरो, स्वासप्रश्वासमा कठिन हुनाका साथै निमोनिया समेत देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । यस्तै मृतकमा मधुमेहको समेत समस्या थियो ।