बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

बीएण्डसी अस्पतालका १२ स्वास्थ्यकर्मीसहित झापामा थप २६ मा कोरोना पुष्टि

दैनिक नेपाल २०७७ भदौ २१ गते १४:३६

काठमाडौँ, २१ भदौ । झापामा थप २६ जनामा कोरोनाभाइरस संत्रमण पुष्टि भएको छ ।

जसमध्ये बीएण्डसी अस्पतालका १२ जना स्वास्थ्यकर्मी रहेका छन् । अस्पतालका अनुसार केही डाक्टर तथा नर्स गरी १२ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल उनीहरु सबै जना आइसोलेसनमा रहेको र अस्पताल सुरक्षित रहेको जनाइएको छ ।

यस अघि झापामा एक ४५ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित