१ कार्तिक २०८३, शनिबार

भारतमा एकैदिन सर्वाधिक ९० हजार कोरोना संक्रमित थपिए

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, २१ भदौ । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा सर्वाधिक ९० हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा ९० हजार ६३३ जना नयाँ संक्रमित थपिएका हुन् । अहिलेसम्म कुनै पनि मुलुकमा एकैदिन यति धेरै संक्रमित थपिएका थिएनन् ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १३ हजार ८१२ पुगेको छ । तीमध्ये ८ लाख ६२ हजार ३२० जना सक्रिय संक्रमित छन् भने ७० हजार ६२६ जनाको मृत्यु भइसकेको छ ।

शनिबार अहिलेसम्मकै बढी संक्रमित थपिएपछि भारत धेरै कोरोना भाइरस संक्रमित भएका देशमा दोस्रो स्थानमा उक्लेको छ । यसअघि दोस्रो स्थानमा दक्षिण अमेरिकी मुलुक ब्राजिल थियो ।