
काठमाडौं, २१ भदौ । भारततीय सीमा सुरक्षा बलले गोली चलाउँदा चपाईनबाबगन्ज, शिवगन्ज उपजिल्ला तेलकुपीमा एक जनाको मृत्यु भएको छ ।
भारतीय सीमा सुरक्षा बलको गोली लागेर तेलकुपी गाउँका २२ वर्षीय बादशाह नामका बंगलादेशी नागरिकका मृत्यु भएको बंगलादेशी सञ्चार माध्यमहरुले बताएका छन् । ती युवालाई भारतीय सुरक्षा बलले गोली हानी हत्या गरेको दाबी सञ्चारमाध्यमहरुले गरेका छन् ।
शहबाजपुर युनियन परिषद्का अध्यक्ष तोजाम्मेल हकले बताएअनुसार सब्देलनपुर क्याम्पका सुरक्षाकर्मीले बादशाहमाथि राति ११ बजेतिर गोली हानेको समाचारमा उल्लेख छ ।
बादशाहसहित अन्य केही व्यक्ति त्यस समय बोर्डर नजिकै थिए । यस घटनापछि बादशाहको शव बोर्डरमै राखिएको बताइएको छ ।















प्रतिक्रिया