शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

युरोपियन नेशन्स लिगमा पोर्चुगलकाे शानदार जित

दैनिक नेपाल २०७७ भदौ २१ गते ८:२६

लण्डन, २१ भदाै । पोर्चुगलले शानदार जितका साथ युरोपियन नेशन्स लिगको सुरुवात गरेको छ ।

आइतबार राति भएको समूह ए थ्रीको खेलमा पोर्चुगलले क्रोएसियालाई ४–१ ले पराजित गरेको हो ।

क्रिष्टियानो रोनाल्डो बिनाको खेलमा पोर्चुगलले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा एक गोल गरेको हो । उसका लागि ४२ औँ मिनेटमा जोआओ क्यानसेलोले गोल गरेर सुरुवाति अग्रता दिलाए ।

५९ औँ मिनेटमा डिओगो जोता, ७१ औँ मिनेटमा जोआओ फेलिक्स र इन्जुरी समयको छैटौँ मिनेटमा आन्द्रे सिल्भाले गोल गरेका हुन् ।

क्रोएसियाका लागि इन्जुरी समयको दोस्रो मिनेटमा पेट्कोविचले एक गोल फर्काए । रोनाल्डो चोटका कारण खेल्न नसके पनि रंगशालामा टिमको हौसला बढाउन उपस्थित थिए ।

प्रतिक्रिया
सम्बन्धित