शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

चीनकाे काेराेनाविरुद्धको खोपको क्लिनिकल परीक्षणका लागि चार देश तयार

दैनिक नेपाल २०७७ भदौ २१ गते ७:३९

चीन, २१ भदाै । कोरोनाभाइरसकाे संक्रमणविरुद्ध चीनमा बनेको खोपको क्लिनिकल परीक्षणका लागि चार वटा देशले अनुमति दिएका छन् ।

खोप निर्माण कम्पनी चाइना नेशनल बायोटेक ग्रुप सीएनबीजी र सिनोवैक बायोटेक लिमिटेडले खोपको अन्तिम परीक्षणका रुपमा मानिने क्लिनिकल परीक्षणका लागि चार वटा देशले अनुमति दिएको जनाएको छ ।

सर्बिया र पाकिस्तान तेस्रो चरणको परीक्षणका लागि सहमत भइसकेका छन् । अरु दुई वटा देशले भने डाटा माग गरिरहेका बीबीसीले जनाएको छ । चीनमा कोरोना भाइरस सङ्क्रमितको संख्या धेरै नभएकाले उसले अरु देशमा परीक्षण गर्नुपरेको छ ।

सर्बियामा चीनले नै बनाउँदै गरेको दुई वटा खोपको परीक्षण हुनेछ । पाकिस्तानमा एउटा खोपको परीक्षण हुनेछ । दुई वटा खोप वुहान र बेइजिङ सीएनबीजी यूनिटले तयार पारेको छ । पाकिस्तानमा भने बेइजिङ यूनिटले तयार पारेको खोपको मात्रै परीक्षण हुनेछ ।

सीएनबीजीको तेस्रो चरणको परीक्षणमा १० देशका झण्डै ५० हजार मानिस सहभागी हुने सम्भावना रहेको खबरमा उल्लेख छ । संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टीना र जोर्डनमा पहिले देखि नै परीक्षण सुरु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित