२ कार्तिक २०८३, सोमबार

बङ्गलादेशको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या १६ पुग्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २० भदौ । बङ्गलादेशको मस्जिदमा भएको ‘शङ्कास्पद ग्यास विस्फोट’ मा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको प्रहरी तथा स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

उक्त घटनामा परी दर्जनौँ इस्लाम धर्मावलम्बीहरू गम्भीर घाइते भएका छन्। नारायणगञ्जको मध्यक्षेत्रमा रहेको उक्त मस्जिदमा शुक्रबार साँझ इस्लाम धर्मावलम्बीहरूले प्रार्थना गरिरहेका समय एक्कासी विस्फोट हुँदा त्यहाँबाट आगोको ठूलो ज्वाला निस्केको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।

बिरामीको उपचारमा सम्लग्न अस्पतालका संयोजक लाल सेनका अनुसार कम्तीमा ३७ जना जलेर घाइते भएका बताए। डढेर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेका मध्ये ३५ जनाको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिए।

घाइतेमध्ये अधिकांश ६० देखि ७० वर्षसम्ममा रहेका छन् । स्थानीय समयानुसार शुक्रबार राती नौ बजेतिर आगलागी भएको हो।

अधिकारीहरुले ग्यास चुहावटको कारण भुईँ तलामा रहेका एयर कन्डीसनरमा आगलागी भएपछि मस्जिदको अन्यभागमा उक्त आगो फैलिएको बताइएको छ।

घटना भएको बेला मस्जिदमा झण्डै एक सय भक्तजनहरु प्रार्थनाका लागि उपस्थित रहेका थिए । घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको सुरक्षास्रोतले बताएको छ । –रासस