बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

इरानकाे युरेनियम क्षमता अन्तर्राष्ट्रिय सीमाभन्दा १० गुणा बढी

दैनिक नेपाल २०७७ भदौ २० गते १२:४६

लण्डन, २० भदाै । इरानले आफ्नो युरेनियम क्षमता अन्तर्राष्ट्रिय सीमाभन्दा १० गुणा बढी बनाएको परमाणु गतिविधि सम्बन्धमा अनुगमन गर्ने संयुक्त राष्ट्रसंघीय संस्थाले बताएको छ ।

अन्तर्राष्ट्रिय सहमतिमा निर्धारण गरिएको सीमा भन्दा इरानको युरेनियम क्षमता १० गुणा बढी रहेको इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सी (आइएइए) ले बताएको हो । इरानको युरेयिनम भण्डारण २१ सय पाँच किलो पुगेको छ ।

इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि रहेको बताउँदै आएको छ ।

इरानले आइएइएका अनुगमनकर्ताहरुलाई आफ्ना दुई पूर्व परमाणु क्षेत्रमा पहुँच दिएपछि यो खबर बाहिरि आएको हो । एजेन्सीले दोस्रो क्षेत्रको नमूना अर्को महिना लिने बताएको छ ।

सन् २०१५ मा इरान, चीन, फ्रान्स, जर्मनी, रुस, बेलायत र अमेरिकाबिच परमाणु सम्झौता भएको थियो।

सो सम्झौता अनुसार इरानले आफ्नो परमाणु कार्यक्रम सीमित गर्दै लैजाने भनिएको थियो । तर अमेरिका सम्झौताबाट बाहिरियो, त्यसपछि इरानले पनि आफूले सम्झौताका नियमहरु नमान्ने बताएको थियो ।

प्रतिक्रिया
सम्बन्धित