शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

लुइस स्वारेज युभेन्टस जाने तयारीमा

दैनिक नेपाल २०७७ भदौ २० गते १२:१६

लण्डन, २० भदाै । बार्सिलोनाका स्टार खेलाडी लुइस स्वारेज इटालियन क्लब युभेन्टस जाने तयारीमा रहेको दाबी बिबिसीले गरेको छ । स्वारेज युभेन्टसमा अनुबन्धित हुन सहमत भएको उल्लेख छ ।

स्पेनिस जाइन्ट बार्सिलोनाबाट बाहिरिनका लागि सो क्लबलाई मनाउन सफल भएमा स्वारेज फ्रि ट्रान्सफरमा वा न्यून मूल्यमा युभेन्टस जाने दाबी बिबिसीको खबरमा छ ।

उरुग्वियन खेलाडी स्वारेजको बार्सिलोनासँगको हालको सम्झौता अझै एक वर्ष बाँकी छ । सन् २०१६ मा भएको सम्झौता अनुसार आउँदो सिजन ६० प्रतिशत खेलमा सहभागिता जनाएमा अर्को एक वर्ष थप हुनेछ ।

इटालियन पत्रिकाहरुका अनुसार स्वारेजले इटालीमा खेल्नका लागि नागरिकता सम्बन्धी परीक्षण पनि पास गर्नु पर्ने जनाएका छन् । दक्षिण अमेरिकी स्वारेजकी श्रीमती इटालियन हुन् ।

प्रतिक्रिया
सम्बन्धित