१ कार्तिक २०८३, शनिबार

छुरा प्रहार गरी अनामनगरमा श्रीमतीको हत्या

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । काठमाडौंको अनामनगरमा एक व्यक्तिले छुरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

श्रीमतीको हत्या गरेको अभियोगमा बर्दिया बाँसगढी नगरपालिका–९ का ३६ वर्षीय अजय विकलाई प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नी श्रीमती ३३ वर्षीया पार्वती खड्काको हत्या गरेको प्रहरीले बताएको छ ।

घरायसी विवादमा विकले पार्वतीलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएकी उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।