
काठमाडौं, १९ भदौ । फेसबुकले अमेरिकाको राष्ट्रपतीय निर्वाचन सुरु हुनभन्दा एक साताअघि राजनीति विज्ञापनमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
३ नोभेम्बरमा अमेरिकामा चुनाव हुँदैछ । फेसबुकको घोषणाअनुसार निर्वाचन हुनभन्दा १ साताअघि पेश गरिएका राजनीतिक विज्ञापनमाथि मात्रै प्रतिबन्ध लाग्ने बताइएको छ । २७ अक्टुुबरअघि पेश गरिएका विज्ञापनमा भने प्रतिबन्ध लागु हुने छैन ।
अहिलेसम्म फेसबुकका सिइओ मार्क जुकरवर्गले राजनीतिक विज्ञापनहरुलाई छूट दिँदै आएका छन् । जसकारण उम्मेदवारहरुले झुठ वा गलत सुचना फैलाउन पनि यसको प्रयोग गर्ने गरेका छन् ।
ट्वीटर र पिइन्ट्रेस्टजस्ता सामाजिक सञ्जालले भने यसअघि नै राजनीतिक विज्ञापनलाई आफ्नो सेवामा प्रतिबन्ध लगाएका छन् ।















प्रतिक्रिया