१ कार्तिक २०८३, शनिबार

मल आपूर्ति नगर्ने कम्पनीलाई कार्बाहीको तयारी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । समयमै मल आपूर्ति नगरी किसानलाई प्रताडित बनाउने २ वटा ठेकेदार कम्पनीलाई सरकारले कार्बाही प्रक्रिया अगाडि बढाएको छ ।

शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीलाई सरकारले कारवाही गर्ने बताएको छ । ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपल कम्पनीले आयातको जिम्मेवारी लिएर पनि समयमै मल आपूर्ति गर्न नसकेपछि कार्बाहीको प्रक्रिया अगाडि बढाइएको हो ।

यी दुई कम्पनीले समयमै मल आयात र आपूर्ति नगर्दा नै किसानहरु चरम मर्कामा परेको निष्कर्षसहित सरकारले यी कम्पनीमाथि कार्बाही गर्ने जनाएको छ ।

सम्झौता अनुसार यी दुई कम्पनीले भदौ २१ गतेसम्म मल ल्याइसक्नु पर्ने छ । त्यसकारण आगामी २१ गतेभित्र मल नल्याए कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि सामग्री कम्पनी लिमिटेडले ती कम्पनीलाई कारवाही गर्ने तयारी भइरहेको बताएको छ ।

यी दुबै कम्पनीले २५/२५ हजार मेट्रिक टन मल आयात गर्ने टेन्डर प्राप्त गरेका थिए ।