१ कार्तिक २०८३, शनिबार

चितवनमा थप ७४ जनासहित संक्रमितको संख्या ९३३ पुग्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १९ भदौ । चितवनमा थप ७४ जनामा संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमित थपिएसँगै जिल्लामा संक्रमितको संख्या ९३३ पुगेको छ । संक्रमितमध्ये चितवनका ११ जनाको मृत्यु भइसकेको छ । उपचारपछि निको भएकाहरु १५६ जना छन् ।

भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण भएका ३०२ नमूनाको बिहीबार मध्यराति नतिजा आएको हो । जसमा भरतपुर महानगरपालिकाका १४ जना र खैरहनी नगरपालिकाका तीन जनामा गरी चितवनका १७ जनामा र एक जना रौतहटका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै चितवन मेडिकल कलेजको प्रयोगशालामा भएको ७०३ वटा नमूना परीक्षण गर्दा ८८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका ८८ जनामध्ये ५७ जना चितवनका विभिन्न ठाउँका हुन् भने ३१ जना अन्य जिल्लाका बासिन्दा हुन् ।