शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

कोन्टा युएस ओपन टेनिसको दोस्रो चरणबाटै बाहिरिइन्

दैनिक नेपाल २०७७ भदौ १९ गते १०:१५

लण्डन, १९ भदाै । बेलायती जोहन्ना कोन्टा युएस ओपन टेनिसको दोस्रो चरणबाटै बाहिरिएकी छिन् ।

नवौँ बरियताकी कोन्टा सोराना सस्टियासँग पराजित भएकी हुन् । ७७ औँ बरियताकी रोमानियन खेलाडी सोरानाले कोन्टालाई २-६, ७-६ (७-५) र ६-४ को सेटमा पराजित गरेकी हुन् ।

२९ वर्षकी कोन्टा गएको जनवरीमा भएको अस्ट्रेलियन ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।

युएस ओपनमा उनी दोस्रो चरणबाट अघि बढ्न सकिनन् । विपक्षी खेलाडीले आफ्नो खेल कौशल बढाएको र आफूले भन्दा राम्रो खेलेको कोन्टाले बताएकी छन् ।

३० वर्षकी सोरानाले तेस्रो चरणमा २० औँ बरियताकी कारोलिना मुचोभासँग प्रतिस्पर्धा गर्ने छिन्।

प्रतिक्रिया
सम्बन्धित