शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

बालबालिकाको पेट दुखे, झाडापखाला लागे वा बान्ता भए कोरोनाः अध्ययन

दैनिक नेपाल २०७७ भदौ १९ गते १०:०१

लण्डन, १९ भदाै । कोरोना भाइरसको महामारी झन् फैलिँदै गएपछि वैज्ञानिकले यसबारे अनुसन्धान बढाएका छन् ।

बेलायतले गरेको एउटा अनुसन्धानले बालबालिकाको पेट दुखे, झाडापखाला लागे वा बान्ता भए उनीहरूमा कोरोनाको सङ्क्रमण भएको हुन सक्ने देखाएको छ ।

क्विन्स युनिभर्सिटी बेलफास्टको टोलीले गरेको अनुसन्धानमा बालबालिकालाई पेट दुखेमा त्यो कारोना भाइरसको लक्षण भएको हुन सक्ने पाइएको हो ।

झण्डै एक हजार बालबालिकामा गरिएको अनुसन्धानपछि वैज्ञानिकले यस्तो बताएका हुन् ।

उनीहरूका अनुसार अनुसन्धानमा सहभागी ९ सय ९२ बालबालिकामध्ये ६८ जनामा एन्टीबडी पाइएको थियो । त्यसमध्ये १३ जनालाई पेट दुखेको, झाडापखाला र बान्ता भएको पाइएको छ ।

ज्वरो, रुघाखोकी, गन्ध र स्वाद थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको बेलायतले उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित