१ कार्तिक २०८३, शनिबार

२४ घण्टामा ९१७ जना डिस्चार्ज, निको हुनेको संख्या २४ हजार २०७ पुग्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । बितेको २४ घण्टामा ९१७ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् ।

यो सँगै निको भएर घर फर्किनेको संख्या २४ हजार २०७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ ।

जसमा संस्थागत आइसोलेशनमा १० हजार ६७१ र होम आइसोलेशनमा ७ हजार ७४२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १३ हजार ४१३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।