
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकार बेसारमा रमाएको बेला जनतालाई बाँच्न कठिन भएको बताएका छन् ।
सरकारले लुटको राज चलाएर देशलाई बर्बाद गर्न लागेको आरोप उनले लगाएका छन् । एकातर्फ पैसा छैन भन्ने अर्कोतर्फ रेल ल्याउने बहानामा, कानूनविपरीत ३० अर्बको ठेक्का सेटिङमा बाँडफाँट गर्ने भन्दै उनले सरकारको आलोचना गरेका हुन्
‘हरियो मकै बारीमा पसेको साँढेले मनपरी गरे जस्तो अवस्था छ’, उनले भने, ‘देशमा भ्रष्टाचार, लुट ब्याप्त छ । अब तपाईं भन्नुहोस् नेपाली जनताका विरुद्ध नेपालमा को सक्रिय छ’, उनले प्रश्न गरेका छन् ।
सरकारमाथि आलोचनात्मक टिप्पणी गर्दै उनले भनेका छन्, ‘काठमाडौंमा जतिसुकै बेसारपानी पिए पनि कोभिड संक्रमण बढ्दै छ र काठमाडौंमा बन्देज कायम छ । नेपालका गरीब किसानहरु केही केजी मलका लागि भीडमभीड गरेर लाममा घन्टौ बस्न बाध्य छन् । तैपनि मल छैन, बाँच्नको लागि कोभिडको जोखिम मोल्न जनता बाध्य छन् । यसबारे सरकारलाई वास्ता छैन । अर्थमन्त्री को हुने भन्ने कुरो नै सबैभन्दा प्राथमिकतामा परेको छ ।’















प्रतिक्रिया