
दाङ, १८ भदौ । जिल्ला प्रहरी कार्यालयका टोलीले जुवातास खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ ।
तुलसीपुर उप–महानगरपालिका–१४ स्थित पननपुरका निमबहादुर केसीको घरबाट ६३ हजार रुपैयाँ नगदसहित जुवातास खेलिरहेका उनीहरुलाई बुधबार पक्राउ गरेको बताएको छ ।
पक्राउ पर्नेहरुमा तुलसीपुर उप–महानरपालिका–१४ का मधुकर बस्नेत, सोही वडाका माधव विक, दिपक विक, राजाराम विक, निर्मल केसी, चुडामणि खत्री, भागवत डाँगी, बाबुराम नेपाली, निमबहादुर केसी, विकेश परिवार, दिपक डाँगी, सोही नगरको वडा नं. १५ का प्रधुन धिताल र घोराही उप–महानगरपालिका–९का बसन्त बुढाथोकी छन् ।















प्रतिक्रिया