१ कार्तिक २०८३, शनिबार

आयल निगमको कार्यालयमा विद्यार्थीले लगाए ताला

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको कार्यालयमा विद्यार्थीले ताला लगाएका छन् ।

नेपाली कांग्रेस (बीपी) को विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (बीपी) ले बिहीबार निगमको बबरमहलस्थित कार्यालयमा तालाबन्दी गरेको हो ।

विभिन्न वहानामा पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै तालाबन्दी गरेको उनीहरुले बताएका छन् । नेविसंघ (बिपी)ले विभिन्न बहानामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरी सरकारले जनतालाई आहात दिएको भन्दै तत्काल गलत निर्णय सच्याउन पनि माग गरेको छ ।

नेविसंघले पटकपटक निगमलाई यसबारेमा ध्यानाकर्षण गराए पनि सुनुवाई नभएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको बताइएको छ ।

निगमले हालै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।