
बागलुङ, १८ भदौ । बाग्लुङको भुजी खोलामा गएराती आएको बाढीपहिरोले बस्ती नै बगाउँदा बेपत्ता भएकाहरुमध्ये ११ जनाको शव फेला परेको छ ।
जिल्लाको ढोरपाटन नगरपालिका–९ का देउराली, सुपुरदुङलगायत स्थानमा बुधबार राती आएको बाढीपहिरोमा ११ जनाको मृत्यु भएको हो । पहिरोले पुरेको बस्तीका २५ जना भन्दा बढी मानिस अझै बेपत्ता छन् ।
बुधबार राति १२ बजेदेखि खसेको पहिरोले यहाँका ४० घरमा क्षति पुगेको छ । भुजी खोलाले बगाएर ल्याएका शव बुर्तिवाङ बजार र बडिगाड खोलासम्म पनि भेटिएको स्थानीयले बताएका छन् ।















प्रतिक्रिया