१ कार्तिक २०८३, शनिबार

वीर अस्पतालमा कोरोना संक्रमितको मात्रै उपचार गर्ने तयारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । काठमाडौंको वीर अस्पताललाई कोभिड–१८ विशेष (डेडिकेटेड) अस्पताल बनाउने तयारी भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री भानुभक्त ढकालसहित मन्त्रालयका उच्च अधिकारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति, वीर अस्पतालका निर्देशकसहितको बैठकले वीरलाई कोभिड अस्पताल बनाउने निर्णयमा पुगेको हो ।

कोभिड–१९ का कारण वीरमा आउने बिरामीको संख्या कम भएकाले त्यहाँ आउने बिरामीलाई राष्ट्रिय ट्रमा सेन्टरको एउटा तलाबाट सेवा दिने व्यवस्था मिलाउन लागिएको मन्त्रालयले बताएको छ ।

सरकारको निर्देशन अनुसार नै ननकोभिड बिरामीलाई ट्रमा सेन्टरमा सिफ्ट गर्ने तयारी भइरहेको बताइएको छ ।