१ कार्तिक २०८३, शनिबार

आधिकारिक ट्रेड युनियनद्वारा कोरोना कोषमा १५ लाख रुपैयाँ सहयोग

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १५ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले संकटका बेलामा थोरै भए पनि कोरोना रोकथाममा सहयोग पुगोस् भनेर सो रकम सहयोग गरेको बताए । युनियनले सरकारद्वारा गठित कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) का संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

युनियनले पटक–पटक विभिन्न समस्यामा सहयोग गर्दै आएको युनियनकी कोषाध्यक्ष सिन्धु पाण्डे बताउँछिन् । यसअघि पनि भूकम्प पीडित, बाढीपीडित र अन्य संकटमा परेकालाई सहयोग गर्न सरकारलाई यसरी नै रकम उपलब्ध गराएको उनको भनाइ छ ।