१ कार्तिक २०८३, शनिबार

भारतमा कोरोना संक्रमितको संख्याले बनायोे नयाँ रेकर्ड, एकैदिन ८२ हजार जना थपिए

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । भारतमा पछिल्लो २४ घण्टामा ८२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार बिहानसम्म ८२ हजार ८६० जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३८ लाख ४८ हजार ९६८ पुगेको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचीमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २९ लाख ६७ हजार ३३९ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १४ हजार ६८ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६७ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६७ हजार ४८६ पुगेको हो ।