१ कार्तिक २०८३, शनिबार

कोरोना संक्रमणबाट भक्तपुरकी एक महिलाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । ललितपुरको पाटन अस्पतालमा उपचाररत भक्तपुरकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

भक्तपुर थिमीकी ४० वर्षीया महिलाको बुधबार राति मृत्यु भएको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए । मृतक महिलालाई बुधबार साँझ मात्र अस्पताल भर्ना गरिएको थियो ।

मृतक महिला लामो समयदेखि किड्नीको बिरामी रहेको अस्पतालले बताएको छ । अस्पताल लैजानुअघि नै महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।