१ कार्तिक २०८३, शनिबार

बागलुङको बाढीपहिरोबाट ८ जनाको शव निकालियो, अझै ३६ जना बेपत्ता

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, १८ भदौ । बाग्लुङको भुजी खोलामा गएराती आएको बाढीले बस्ती नै बगाउँदा बेपत्ता भएकाहरुमध्ये ८ जनाको शव फेला परेको छ ।

बाढीमा परी अझै ३६ जना बेपत्ता रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले बताएको छ । कार्यालयमा प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीका अनुसार बाढीले ढोरपाटन नगरपालिकाको वडा नम्बर ५ देखि ९ सम्ममा क्षति पुर्‍याएको छ ।

त्यहाँबाट अहिलेसम्म ८ जनाको शव फेला परेको हो । मृत्यु हुनेमा ६ जना पुरूष र दुई जना महिला छन् । तर, भेटिएका शव सनाखत हुन नसकेको ती प्रहरी अधिकारीको भनाइ छ ।

२५–३० किलोमिटर टाढा टाढासम्म पुगेका ती शवहरु कसैको टाउको नभएको त कसैको खुट्टा छैनन् । यसले सनाखत गर्न प्रहरीलाई मुश्किल परिरहेको बताइएको छ ।