
चितवन, १८ भदौ । चितवन मेडिकल कलेजमा उपचाररत थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–११ की ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । भदौ ५ गते स्वासप्रस्वासमा समस्या भएपछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो ।
भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको हो ।
योसँगै चितवनमा कोरोनाले मृत्यु हुनेको संख्या १८ पुगेको छ । मृतकमध्ये चितवनका १० जना, मकवानपुरका ४ जना, बारा, गोर्खा, कैलाली र नवलपसारी सुस्ता पूर्वका १–१ जना छन् ।
यसैबीच चितवनमा थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड ल्यावमा गरिएको परीक्षणमा चितवनका ३८ र सर्लाहीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा भरतपुर नगरपालिकाका विभिन्न १० वटा वडाका १६ देखि ५९ वर्षसम्मका ८ पुरूष र २३ देखि ८० वर्षसम्मका ११ महिला छन् ।















प्रतिक्रिया