१ कार्तिक २०८३, शनिबार

आईसीयू अभाव भएपछि बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १८ भदौ । बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका–११ सालझण्डीकी ७७ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । उनी लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थिइन् ।

ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल आएकी ती महिलालाई आईसीयू बेड अभाव भएपछि अस्पतालको फिबर क्लिनिकको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो ।