शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निजी वेबसाइटको ट्विटर ह्याक

दैनिक नेपाल २०७७ भदौ १८ गते १०:००

नयाँ दिल्ली, १८ भदौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत वेबसाइटको ट्विटर ह्यान्डल ह्याक भएको छ ।

ह्याक भएको उक्त ह्यान्डल @narendramodi_in बाट शृङ्खलाबद्ध ट्वीट गर्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सी दान गर्न आग्रह गरिएको थियो । उक्त ट्विटर ह्याक भएका ट्विटरले नै पुष्टि गरेको छ ।

सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार बिहीवार बिहान ३ः१५ बजेतिर मोदीसँग सम्बन्धित उक्त खाता ह्याक भएको थियो । ह्याक भएपछि गरिएका सबै ट्वीटहरू मेटिएको छ । गत जुलाई महीनामा पनि विभिन्न ख्यातिप्राप्त व्यक्तिहरूको ट्विटर ह्यान्डलहरू ह्याक भएका थिए ।

त्यति बेला अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनेका जो बाइडन र अर्बपति व्यापारी एलन मस्कको ट्विटर खाता पनि ह्याक भएको थियो । समाचारसंस्था रोएटर्सका अनुसार ट्विटरले एउटा विज्ञप्तिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको वेबसाइटको ट्विटर ह्यान्डल ह्याक भएको सूचना पाएको र सुरक्षाका लागि आवश्यक कदम चालिएको उल्लेख छ।

ट्विटरकी एक प्रवक्ताले ट्विटरले उक्त विषयको जाँच भइरहेको र अन्य ट्विटर ह्यान्डल प्रभावित भएकोबारे जानकारी नभएको बीबीसीलाई पठाएको विज्ञप्तिमा उल्लेख छ। मोदीको निजी वेबसाइटका लागि प्रयोग हुने उक्त ह्यान्डललाई २५ लाखभन्दा बढी प्रयोगकर्ताले फलो गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित