२ कार्तिक २०८३, सोमबार

राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकका लागि आवेदन आह्वान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदाै । नेपाल क्रिकेट संघ-क्यानले राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकका लागि आवेदन दिन आह्वान गरेको छ ।

इंग्ल्याण्ड क्रिकेट बोर्ड अथवा अस्ट्रेलियन क्रिकेट बोर्डबाट कोचिङ लेबल-३ कोर्स गरेको हुनुपर्ने, आईसिसीको पूर्ण सदस्य, प्रथम श्रेणी टोली, आईसिसी एसोसिएट राष्ट्रिय टोली वा अन्तर्राष्ट्रिय लिगमा कम्तीमा तीन वर्ष प्रशिक्षक भएर काम गरेकाले आवदेश दिन सक्नेछन् ।

आवेदकको उमेर ६० वर्ष ननाघेको पुरुष हुनुपर्नेछ । क्यानले महाप्रबन्धक, चिफ फाइनान्स अफिसर, क्रिकेट म्यानेजर र सातवटै प्रदेशका लागि प्रशिक्षकका लागि पनि आवेदन आह्वान गरेको छ ।