६ मंसिर २०८३, आइतबार

काेराेना संक्रमित चिकित्सकलाई बेड, आइसियु र भेन्टिलेटर उपलब्ध गराउने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौं । कोभिड १९ बाट संक्रमित भएका चिकित्सकहरूलाई उपचारका लागि बेड, आइसियु र भेन्टिलेटर प्राथमिकताका साथ उपलब्ध गराउने जनाएको छ ।

एशोशिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल अफिन र नेपाल चिकित्सक संघको बुधबार बसेको संयुक्त परामर्शदाता कमिटीको बैठकले संक्रमित भएका चिकित्सकहरूलाई उपचारका लागि बेड, आइसियु र भेन्टिलेटर प्राथमिकताका साथ उपलब्ध गराउने सहमति गरेको हो ।

यसका साथै बैठकले अस्पतालहरूमा भिडभाड कम गर्न ओपिडी, बिरामी, बिरामीका आफन्त र हेल्थ्य केयर वर्करहरूसम्बन्धि प्रोटोकल तथा गाइडलाइन तयार गर्ने पनि निर्णय गरेको छ ।

बैठकमा कोभिड १९ को विषयलाई लिएर तलब, भत्ता माग गर्दे उपचार प्रक्रियामा सहभागी नहुन केही चिकित्सकहरूको निर्णयप्रति संयुक्त परामर्शदाता कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यस विषयमा गम्भीर छलफल गरी चिकित्सकहरूलाई काममा फर्काउन एशोशिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल अफिन र नेपाल चिकित्सक संघले सहजीकरण गर्ने निर्णय भएको अफिनका वरिष्ठ उपाध्यक्ष कुमार थापाले जानकारी दिए ।

वीरगन्जको एक निजी अस्पतालमा तलब र भत्ताको विषय उठान गरेर चिकित्सकहरू उपचार प्रक्रियामा सहभागी भएका थिएनन ।