
काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिनेबारे जोड दिएका छन् ।
वुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा ओलीले आफूलाई खतिवडा नै चाहिएको बताएका हुन् ।
बालुवाटार स्रोतका अनुसार अध्यक्ष प्रचण्डसँगको भेटवार्तामा ओलीले फेरि पनि जोड दिँदै भने, “मलाई खतिवडा नै चाहिन्छ ।”
दुई अध्यक्षबीच करिब २ घण्टा चलेको छलफलमा पार्टी उपाध्यक्ष वामदेव गौतम र खतिवडामध्ये कसलाई राष्ट्रियसभामा लैजाने भन्ने विषयमा कुराकानी भएको थियो ।
गौतमले आफू राष्ट्रियसभामा जना तयार भएपछि प्रधानमन्त्री ओलीलाई अप्ठ्यारो परेको छ ।
अर्थमन्त्री खतिवडाको यही भदौ २० गते अवधि सकिँदैछ । उनले पुनः मन्त्री हुनको लागि राष्ट्रियसभाको सदस्य हुनुपर्नेछ । स्रोतका अनुसार यसको अन्तिम निर्णय भने सचिवालय गर्ने जनाइएको छ ।















प्रतिक्रिया