७ कार्तिक २०८३, शनिबार

२ सय बढी कोरोना संक्रमित भए लकडाउन, ५ सय बढी भए निषेधाज्ञा

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ सय भन्दा धेरै सक्रिय कोरोना संक्रमित भएका जिल्लामा निषेधाज्ञा लागू गर्न सिफारिस गरेको छ ।

मन्त्रालयका अनुसार हालसम्म १२ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमितहरु रहेका छन् ।

जसमा काठमाडौँ, ललितपुर, मोरङ, सुनसरी, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, चितवन र रुपन्देही रहेका छन् ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा भने लकडाउन गर्न अनुरोध गरिएको छ ।