
काठमाडौँ, १७ भदौ । नेपालमा थप १ हजार १ सय १२ जना कोरोनामुक्त भएका छन् ।
वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १ सय ११ जना उपचारपछि निको भएको बताए ।
यो हालसम्मकै सर्वाधिक संख्यामा निको भएको तथ्यांक हो । योसहित निको हुनेको संख्या २३ हजार २ सय ९० जना पुगेको छ ।
त्यस्तै, देशभर वुधबार थप १ हजार १ सय २० जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ४१ हजार ६ सय ४९ जना पुगेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या २ सय ५१ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर १८ हजार १ सय ९ जना सक्रिय संक्रमित रहेका छन् ।















प्रतिक्रिया