७ कार्तिक २०८३, शनिबार

काठमाडौँ उपत्यकामा थपिए ३८८ कोरोना संक्रमित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ भदौ । काठमाडौँ उपत्यकामा थप ३ सय ८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ३ सय ५०, ललितपुरमा २९ र भक्तपुरमा ९ गरी उपत्यकामा ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

देशभर वुधबार थप १ हजार १ सय २० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।