
काठमाडौँ, १७ भदौ । पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
आमा बितेको ४ दिनपछि ४० वर्षीय छोराको पनि मृत्यु भएको हो ।
मृत्यु हुनेमा मध्यपुर थिमि नगरपालिका–७, नगदेशका एक ४० वर्षीय पुरुष रहेका छन् । भदौ २ गतेदेखि पाटन अस्पतालमा उपचाररत उनको मंगलबार राती मृत्यु भएको हो ।
कोरोनाकै कारा ६२ वर्षीया उनकी आमाको भदौ १३ गते मृत्यु भएको थियो ।
मृतककी गर्भवती श्रीमतीसहित परिवारका ६ जनामा भने कोरोना संक्रमण देखिएको र उनीहरू सबै होम आइसोलेसनमा रहेको जनाइएको छ ।















प्रतिक्रिया