७ कार्तिक २०८३, शनिबार

कोरोना संक्रमित तनहुँकी २० वर्षीया युवती र काठमाडौँका वृद्धको टिचिङ हस्पिटलमा मृत्यु

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ भदौ । टिचिङ हस्पिटल महाराजगञ्जमा उपचाररत कोरोना संक्रमित तनहुँकी २० वर्षीया युवतीको मृत्यु भएको छ ।

त्यस्तै, काठमाडौँका ७५ वर्षीया वृद्धको पनि मंगलबार राती मृत्यु भएको अस्पतालले जनाएको छ ।

तनहुँकी युवतीको मिर्गाैला फेल भएपछि डायलिसिस गराइरहेकी थिइन् । उनमा कोरोना पुष्टि भएपछि कोभिड बेडमा सारिएको थियो ।

मधुमेह र रक्तचापको समेत रोगी रहेका काठमाडौँका वृद्धलाई भदौ १५ गते अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

शव व्यवस्थापनका लागि नेपाली सेनाको टोलीले तयारी गरिरहेको बताइएको छ ।