
काठमाडौँ, १७ भदौ । धनुषामा एक २२ वर्षीया युवतीले एकै पटक ४ जना बच्चा जन्माएकी छन् ।
विदेह नगरपालिका–७ जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले एकै पटक ३ छोरी र १ छोरा जन्माएकी हुन् ।
काव्या अस्पतालमा खातुनले जन्म दिएकी ४ जनामध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको अस्पतालले जनाएको छ ।
शल्यक्रियाबाट जन्मिएका शिशुहरुमध्ये ३ जनाको स्वास्थ्य सामान्य रहेको भए पनि एक जनाको अवस्था भने अस्थिर रहेको अस्पतालले जनाएको छ ।
मंगलबार प्रसुतीका लागि अस्पताल भर्ना भएकी खातुनको स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सक सोनिया सिंहले शल्यक्रियामार्फत ती बच्चाहरु निकालिएको हा । डा. सिंहले यो निकै दुर्लभ घटना भएको बताएकी छन् ।
एकै पटकमा ४ बच्चालाई जन्म दिएकी आमा अरमानाको स्वास्थ्य अवस्था भने गम्भीर रहेको बताइएको छ । उनको भेन्टिलेटरमा उपचार भइरहेको र कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ ।















प्रतिक्रिया