
काठमाडौँ, १७ भदौ । दमौलीको आँबुखैरेनी ४ ऐनापहरोस्थित मर्स्याङदी नदीमा दुर्घटना भएको आशंका गरिएको छ ।
नदीमा सवारी खसेको हुन सक्ने भन्दै गोताखोरसहितको टोली परिचालन गरिएको छ ।
वुधबार विहान त्यहाँको पृथ्वी राजमार्ग छेउमा सडक पेटी भत्किएकोले सवारी दुर्घटना परेको आशंका गरिएको हो ।
स्थानीयले भत्केको सडक पेटीको तस्वीर सामाजिक सञ्जालमा राख्न थालेपछि प्रहरीले कुनै दुर्घटना भएको भन्दै खोजी कार्यमा गोताखोर समेत खटाएको हो ।
तनहुँ प्रहरीले स्थानीयका अनुसार दमौलीबाट मग्लिनतर्फ जाँदै गरेको सवारी खसेको हुनसक्ने बताएको छ ।
यद्यपि हालसम्म केही नभेटिएको प्रहरीको भनाइ छ ।















प्रतिक्रिया