बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

शार्ली एब्दोमा पैगम्बर मोहम्मदको विवादास्पद कार्टून पुनः प्रकाशित

दैनिक नेपाल २०७७ भदौ १७ गते ९:३०

पेरिस, १७ भदाै । फ्रान्सको व्यंग्य पत्रिका शार्ली एब्दोले पैगम्बर मोहम्मदको विवादास्पद कार्टून पुनः प्रकाशित गरेको छ ।

सन् २०१५ मा प्रकाशित कार्टूनका कारण चरमपन्थी आक्रमणको निशाना बनेको शार्ली एब्दोले ती कार्टून पुनः प्रकाशित गरेको हो ।

सन् २०१५ को जनवरी ७ मा शार्ली एब्दोको कार्यालयमा कार्टूनलाई लिएर आक्रमण हुँदा पत्रिकाका प्रसिद्ध कार्टूनिस्टसहित १२ जनाको ज्यान गएको थियो ।

त्यसको केही दिनपछि पेरिसमा भएको अर्को आक्रमणमा पाँचजनाको ज्यान गएको थियो । फ्रान्समा चरमपन्थी आक्रमणको क्रम त्यहिँबाट सुरु भएको थियो ।

शार्ली एब्दोको कार्यालयमा भएको आक्रमणका लागि सहयोग गरेको अभियोगमा मुद्धा दायर गरिएको १४ जनाको सुनुवाई सुरु हुनुपूर्व शार्ली एब्दोले ती कार्टून पुनः प्रकाशित गरेको हो।

प्रतिक्रिया
सम्बन्धित