७ कार्तिक २०८३, शनिबार

विभिन्न मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

तनहुँ, १६ भदौ । विभिन्न मुद्दाका फरार २ जना फरार पक्राउ परेका छन् ।

जिल्ला अदालत तनहुँको २०७१ फागुन १८ गतेको फैसलाले गौवध मुद्दामा १२ वर्ष कैद सजाय ठहर भई फरार रहेका प्रतिवादी शुक्लागण्डकी नगरपालिका २ दुलेगौडा बस्ने भरत थापा भन्ने ३१ वर्षीय बिशाल पुनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी जिल्ला अदालत तनहुँको २०७४ साउन ३१ गतेको फैसलाले सवारी ज्यान मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका भिमाद नगरपालिका १ डुम्रेबेशी बस्ने बालकृष्ण भुजेल भन्ने २२ वर्षीय बल बहादुर घर्तीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

दुवै जना प्रतिवादीलाई ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले आआफ्नै घरमा फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई जिल्ला अदालत तनहुँमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय तनहुँ पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।