२ कार्तिक २०८३, सोमबार

कोको गोफको ग्राण्ड स्लाम यात्रा पहिलो चरणमै अन्त्य

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क, १६ भदाै । अमेरिकी खेलाडी कोको गोफको ग्राण्ड स्लाम यात्रा पहिलो चरणमै समाप्त भएको छ ।

१६ वर्षकी गोफ युएस ओपन टेनिसको पहिलो चरणमै पराजित भएकी हुन् । न्यूयोर्कमा भएको खेलमा कोको ३१ औँ बरियाकी अनास्तासिया सेवास्तोभासँग पराजित भएकी हुन्।

अमेरिकी कोको लात्भियाकी अनास्तासियासँग ६–३, ५–७ र ६–४ को सेटमा पराजित भएकी हुन् ।

५१ औँ बरियताकी कोको सन् २०१९ मा युएस ओपनको तेस्रो चरणसम्म पुगेकी थिइन् । त्यसपछि उनी विम्बल्डन टेनिसको अन्तिम १६ मा पुगेकी थिइन् ।