शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

बेलायत, फ्रान्स, स्पेनलगायत युरोपियन देशहरूले विद्यालय खुलाउने

दैनिक नेपाल २०७७ भदौ १६ गते ७:३१

लण्डन, १६ भदाै । काेराेनाले समस्यामा परेका बेलायत, फ्रान्स, स्पेनलगायत युरोपियन देशहरूले विद्यालय खुलाउने तयारी गरेका छन् ।

कोरोना संक्रमणको दर केही घटेपछि ती देशहरूमा सुरक्षाका उपायसहित बालबालिकालाई विद्यालय फर्काउने तयारी सुरु भएको बीबीसीले जनाएको छ ।

भाइरसको संक्रमण रोक्न लगाइएको लकडाउन तथा प्रतिबन्धको कारण लामो विश्वका धेरैजसो बालबालिका घरमै बस्न बाध्य भएका छन् ।

घरबाट वैकल्पिक पढाइको व्यवस्था भए पनि त्यो बालबालिकाका लागि प्रभावकारी नभएको गुनासो बढिरहेको छ ।

गएको २४ घण्टामा मात्रै दुई लाख ३५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा मात्रै झण्डै ६९ हजार बिरामी थपिएका छन् ।

अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ५६ लाख १८ हजार नाघेको छ । यसमध्ये आठ लाख ५४ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित