६ मंसिर २०८३, आइतबार

वीरगन्जमा ३७ जनाले जिते काेराेना

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Microscopic illustration of the spreading 2019 corona virus that was discovered in Wuhan, China. The image is an artisic but scientific interpretation, with all relevant surface details of this particular virus in place, including Spike Glycoproteins, Hemagglutinin-esterase, E- and M-Proteins and Envelope.

वीरगन्ज, १५ भदाै । पर्सामा कोरोनाभाइरसकाे संक्रमणमुक्त भएर आइतबार बेलुका ३७ जना डिस्चार्ज भएका छन् ।

नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डक, वीरगञ्ज हेल्थ केयर, सामुदायिक आइसोलेशन सेन्टर र होम आइसोलेशनमा रहेकामध्ये पछिल्लो पटक ३७ जना कोरोनामुक्त भएका जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

योसँगै पर्सामा कोरोना सङ्क्रमणलाई जितेर घर फर्किनेको संख्या ६ सय ८४ पुगेको छ । जिल्ला प्रशासन कार्यालय पर्साकाअनुसार वीरगञ्जको २ वटा कोभिड अस्पतालमा ९८ जनासहित होम आइसोलेशनमा ९ सय ८४ जना संक्रमित रहेका छन् ।